प्रचण्ड र माधव नेपालसँगको गठबन्धन राष्ट्रियसभा चुनावसम्ममात्रः प्रधानमन्त्री देउवा
२० मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्रै रहेको बताएका छन । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँग भएको छलफलमा देउवाले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँगको गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्रै रहेको स्पष्ट पारे ।
देउवाले आगामी माघ १२ गते राष्ट्रिय सभाको चुनापछि गठबन्धन नरहन पनि सक्ने संकेत गरेका हुन । प्रचण्ड र नेपालले जतिखेर पनि गठबन्धनको भजन गाउन थालेपछि सञ्चारकर्मीको जिज्ञासामा देउवाले स्पष्ट पारेका हुन । राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ । २० सदस्यमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने छन् भने १९ पदका लागि चुनाव हुनेछ ।

प्रकाशित मिति : December 6, 2021 at 8:57 pm









