२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

कांग्रेस बागमतीको सभापतिमा इन्द्र बानियाँको जित सुनिश्चित, भीमसेनदासले दिए समर्थन

१९ मंसिर, हेटाैँडा । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको अधिवेशनमा सभापति पदमा इन्द्रबहादुर बानियाँको जित सुनिश्चित भएको छ । तीन जना प्रतिस्पर्धी रहेकोमा ।

तेस्रो प्रतिस्पर्धी भिमसेनदास प्रधानले बानियाँलाई समर्थन दिने घोषणा गरेका छन । योसँगै पाैडेल समूहका जगदिश्वरनरसिंह केसी नेतृत्वको दाैडमा करिब बाहिर पुगेका छन । यद्यपी कांग्रेसले पुनः मतदान गराउने तयारी गरेको छ ।

यसअघि २ हजार ८३ जना प्रतिनिधिले मतदान गरेकोमा बानियाँले ९ सय ९२ मत प्राप्त गरेका थिए । मत परिणामअनुसार सभापतिका अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ८ सय ७७ मत पाएका थिए भने भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका थिए ।

बानियाँसहित तीनै जना सभापतिका उम्मेद्वारले पार्टीको विधानअनुसार ५१ प्रतिशत मत प्राप्त नगरेकाले फेरि मतदान गर्नुपर्ने भएको छ । अब प्रधानको समर्थन बानियाँले प्राप्त गरेकाले उनीनै विजय हुने निश्चित भएको छ ।

यसअघि नेपाली कांग्रेस १३औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलाबीच प्रतिस्पर्धा हुँदा ५१ प्रतिशत नतिजा ल्याउन नसक्दा दोहोर्‍याएर चुनाव गर्नुपरेको थियो । दोस्रो राउण्डको मतदानमा देउवा सभापति निर्वाचित भएका थिए ।

प्रकाशित मिति : December 5, 2021 at 11:43 am