३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

कमल थापाको प्रतिक्रियाः मेरो राजनीति समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्

१९ मंसिर, काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले नांगो हस्तक्षेप गरेर आफूलाई चुनाव हराइएको बताएका छन । हरा स्वीकार गरेको भन्दै सामाजिक सञ्जालमा व्यक्त गरेको टिप्पणीमा पूर्व अध्यक्ष थापाले भनेका छन, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।’

उनले आफूलाई राजनीतिक रूपमा समाप्त पार्न ज्ञानेन्द्र शाहले गरेको चेष्टाले उनको भलो होस् भन्दै व्यंग्य पनि गरेका छन । उनले भनेका छन, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो।सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।
हार्दिक शुभ(कामना।’

प्रकाशित मिति : December 5, 2021 at 8:00 am