बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले फुटाए मन्त्रालय, एकै मन्त्रालय तीन टुक्रा
१८ मंसिर, हेटाैँडा । बागमती प्रदेश सरकार स्थापना हुँदा सात मन्त्रालय मात्र भएपनि अहिलेको गठबन्धन सरकारले मन्त्रालयहरु टुक्रापारेर १४ वटा पुर्याएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको नेतृत्वको सरकारले एउटै मन्त्रालयलाई तीन टुक्रा पारेको छ ।

पहिले स्थापना हुँदा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहेको मन्त्रालयलाई अहिले पाण्डेको नेतृत्वको सरकारले तीन वटा बनाएको छ । यस्तै पहिलेनै फुटाइएको सामाजिक विकास मन्त्रालय फेरी फुटाइएको छ । स्थापनाको समयमा एउटा मात्र रहेको सामाजिक विकास मन्त्रालय पहिलेको सरकारले दुइवटा बनाएपनि अहिले भने फुटाइसकेपछी तीन वटा हुने भएको छ ।
यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पनि फुटाइएको छ । गठबन्धन सरकारमा सहभागी दलबीच भागबण्डा मिलाउन बागमती प्रदेश सरकारले मन्त्रालय फुटाएर मन्त्रालयको संख्या १४ वटा पुर्याएको हो । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले विद्यमान ८ मन्त्रालय टुक्र्याउँदै १४ मन्त्रालय पुर्याएको हो । मंसिर १५ गतेको मन्त्रीपरिषद्को निर्णयानुसार मन्त्रालय थप गरी राजपत्रमा सूचना समेत प्रकाशन गरिएको छ । जनपत्रबाट

प्रकाशित मिति : December 4, 2021 at 10:13 am









