१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेपाल चीन सम्बन्ध विस्तारका लागि उपयुक्त समयः चिनियाँ उपविदेश मन्त्री वाङ

१३ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका उपविदेश मन्त्री वाङ वाजुनले आज भेटघाट गर्नुभएको छ । भेटका क्रममा उपविदेश मन्त्री वाङले नेपाल चीन सम्बन्ध विस्तारका लागि अहिले एकदमै उपयुक्त समय भएको बताउनुभएको छ ।

गत महिना प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपालको विकास र नेपाल चीन सम्बन्धका थुप्रै आयामहरुका बारेमा सहमति भएकोले त्यसलाई कार्यन्वयन गर्नका लागि चीन आतुर रहेको बताउनुभएको छ । “सरकार सरकारका बीच र जनस्तरबाट पनि नेपाल र चीनबीचको सम्बन्ध समुधुर बनाएर दुई देशको हितमा त्यसलाई उपयोग गर्नु पर्दछ ” वाङले भन्नुभयो ।

 

प्रकाशित मिति : १३ श्रावण २०७५, आईतवार १८:२१