१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

रक्सीले मातेका पाइलट प्लेनमा पसेपछि फ्लाई दुबईका यात्रुको विचल्ली

१३ साउन, काठमाडौँ । पाइलट रक्सी खाएर जहाज पसेपछि दुबईका लागि उड्न तयार फ्लाई दुबईको उडान रोकिएको छ । पाइलट रक्सीले मातेको भेटेपछि चालकदलका अन्य सदस्यले विमानस्थल प्रशासनलाई जानकारी दिएपछि प्लाइ दुबईको उडाननै रोकिएको हो ।

विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले भनेका छन, ‘एक जना पाइलटको शारिरीक अवस्था अस्वाभाविक देखिएको गुनासो आएपछि हामीले उनको मेडिकल गरेका छौं । त्यसको रिपोर्ट आउन बाँकी छ,’ बिहान ९ः४० बजे दुबई उड्नु पर्ने फ्लाइट नम्बर एफजेड ५७६ को जहाज अहिले साँझसम्म उडेको छैन । जहाज नउडेपछि विमानस्थल पुगेका यात्रुहरू अलपत्र परेका छन ।

प्रकाशित मिति : १३ श्रावण २०७५, आईतवार १७:४०