पार्टीको निर्वाचन समितिलाई तत्काल पूणर्ता दिन देउवालाई निधिको आग्रह
उपसभापति निधिले पार्टीको विधान अनुसार ५ सदस्यीय निर्वाचन समिति हुनुपर्नेमा हाल ४ सदस्य रहेको भन्दै त्यसलाई तत्काल पूणर्ता दिन पार्टी सभापति देउवासँग माग गरे । मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा अनसनमा बसेका काँग्रेस डडेलधुराका नेता, कार्यकर्तालाई भेटन पुगेका उन्ले सञ्चारकर्मीमाझ निर्वाचन समितिले गराउने विभिन्न तहको अधिवेशनलाई बैधानिकता दिन पनि पाँच सदस्यीय बनाउनुपर्ने आवश्यक्ता रहेको उल्लेख गर्दै त्यसबारे सभापति देउवालाई छिट्टै भेटेर ध्यानाकर्षण गराउने जानकारी समेत दिए।

पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी समेत घोषणा उन्ले आफूसँग परामर्श समेत नगरी निर्वाचन समितिको संयोजकबाट राजीनामा दिएको भन्दै महादेव यादवप्रति पनि असन्तुष्टि जनाए । उपसभापति निधिले भने, ‘महादेवजीले राजीनामा दिनुभन्दा पहिले म सँग सल्लाह गरि दिएको भएपनि हुन्थ्यो । उहाँले राजीनामा गर्न पनि हतार गर्नु भएको छ । उहाँको राजीनामा स्वीकृत गर्न पनि हतारमै भएजस्तो लाग्छ मलाई । म सभापतिजीलाई भेटेरै भन्छु-प्रदेश अधिवेशन, महाधिवेशनलगायतका कामहरु धेरै गर्नुछ । तत्काल निर्वाचन समितिलाई पूणर्ता दिनुस् । विधानमा निर्वाचन समिति पाँच सदस्यीय छ । हाल ४ सदस्यले गरेको निणर्य मान्न सकिदैन ।’
उपसभापति निधिले महाधिवेशनलाई सफल बनाउने काममा लागि पर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।
प्रकाशित मिति : November 30, 2021 at 5:33 pm







