राजनेताको उपमा पाएका केपी ओली नेकपा एमालेको अध्यक्षमा पुनः निर्वाचित
१४ मंसिर, चितवन । नेकपा एमालेको अध्यक्षमा राजनेताको उपमा पाएका केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन । १० औं राष्ट्रिय महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा। भीम रावललाई भारी मतान्तरले हराउँदै ओली अध्यक्ष निर्वाचित भएका हुन ।
एमाले केन्द्रीय निर्वाचन आयोगले विद्युतीय मतदानको अन्तिम मतपरिणाम सार्वजनिक हुनुअघि अहिलेसम्मको जारी गणनामा ओलीले १८४० र रावलले २२३ मत प्राप्त गरेका छन । २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
यसैबीच नेकपा ९एमाले० को नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशन स्थल सौराहामै हुने तय भएको छ । केन्द्रीय निर्वाचन आयोगले नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक सौराहामै गर्ने तय गरेको हो ।

प्रकाशित मिति : November 30, 2021 at 3:27 pm









