२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमाले महाधिवेशनः साढे १६ सयले मतदान गरे, मतदानकाे समय थप्ने तयारी

१४ मंसिर, चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा मंगलबार बिहान ४ बजेबाट मतदान जारी छ । समाचार तयार गर्दासम्म साढे १६ सय प्रतिनिधिले मतदान गरिसकेका छन् ।

महाधिवेशनमा २१ सय ५३ जना मतदाता रहेका छन् । साढे १६ सय भन्दाबढी मतदाताले मतदान गरिसकेकाे निर्वाचन समितिका सदस्य बाबुराम दाहालले बताए ।

साेमबार राति २ बजेबाट मंगलबार बिहान ८ बजेससम्मका लागि मतदानकाे समय ताेकिए पनि मंगलबार बिहान ४ बजेबाट मात्र मतदान सुरु भएकाे थियाे । जसअनुसार बिहान १० बजेसम्म मतदान भइसक्ने आँकलन आयाेगले गरे पनि फेरि समय थप गर्नुपर्ने देखिएकाे छ ।

दाहालका अनुसार बिहान ११ बजेसम्म मतदान सम्पन्न हुने आँकलन गरिएकाे छ । एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ जना उपाध्यक्षका लागि सात जना र सात सचिवका लागि नौ जनाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : November 30, 2021 at 10:28 am