२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा जुट्यो सहमति

चितवन, १३ मंसिर। एमालेको १०औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा सहमति जुटेको छ । ५३ खुला केन्द्रीय संख्यामा ५४ जनाको उम्मेदवारी परेपछि नेताहरूले सहमतिको प्रयास गरेका थिए ।

अर्चना गहतराजले खुला केन्द्रीय सदस्यमा नाम फिर्ता लिएसँगै सहमति जुटेको हो । केन्द्रीय सदस्यमा सर्वसम्मतको प्रयास भए पनि दुई जनाले उम्मेदवारी फिर्ता लिन नमानेपछि नेतृत्व अप्ठ्यारोमा परेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार १९:३२