प्रभु साह केन्द्रिय सदस्यमा निर्बिरोध, प्रदेश २ का ९ जना पनि निर्विरोध केन्द्रिय सदस्य चयन हुने
१२ मंसिर, काठमाडौँ । नेकपा एमालेको १० औं महाधिवेसनवाट प्रभु साह केन्द्रिय सदस्यमा निर्बिरोध भएका छन । केन्द्रिय निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक सुचना अनुसार प्रदेश २ वाट खुल्लातर्फ पुरुष ६ जना र महिला ३ जना गरी ९ जनाको कोटामा थप उम्मेदवारी नपरे पछि साह केन्द्रिय कमिटीमा बिजयी हुने भएका हुन ।
प्रदेश २ का अन्य ९ जना पनि निर्विरोध केन्द्रिय सदस्य चयन हुने भएका हुन । प्रदेश–२ वाट पुर्व माओवादी नेता साहसहित अरबिन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलनाथ श्रेष्ठ, सुमन प्याकुरेल पुरुष कोटावाट केन्द्रिय कमिटीमा पुग्ने भएका छन भने महिला कोटावाट कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखा कुमारी झा रहेका छन ।

यद्धपी, औपचारिक रुपमा केन्द्रिय निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ । उपेन्द्र साह माओवादी परित्याग गरी एमालेमा आएका नेता हुन भने लेखीले केही समय अघि मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । (स्राेत न्युज कारखाना)
प्रकाशित मिति : November 29, 2021 at 3:23 pm









