२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

२४ घण्टापछि एमाले महाधिवेशनकाे अध्यक्ष मण्डलकाे बैठक, टुगाे लाग्याे नेतृत्व

१२, मंसिर, चितवन । २४ घण्टापछि एमाले महाधिवेशनकाे अध्यक्ष मण्डलकाे बैठक सुरु भएकाे छ । महाधिवेशन भएकाे हाेटलकाे रिसेप्सनमा अध्यक्ष ओलीसहितका नेता छलफलमा बसेकाा छन । ओलीले आफ्नाे नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटीको नाम सर्वसम्मतिका लागि महाधिवेशन प्रतिनिधिका बीचमा प्रस्तुत गरेका छन । अध्यक्ष मण्डलमा सहमति भएपछि उक्त सूची हलमा पेश गर्ने तयारी छ । यद्यपि बन्द सत्र कतिबजे र कसरी चल्छ अहिलेसम्म अनिश्चित छ । ओलीले तयार गरेकाे सूचीमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पाेखरेल, महासचिवमा शंकर पाेखरेल र सचिवमा विष्णु रिमाल र भानुभक्त ढकाललाई समेटेकाे स्राेतले जनाएकाे छ ।

प्रकाशित मिति : November 28, 2021 at 10:26 pm