२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

माओवादी केन्द्रको कटारी नगर अध्यक्षमा दाहाल

१२ मंसिर, उदयपुर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कटारी नगर कमिटीको दोस्रो अधिवेशनले मणिराज दाहालको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । माओवादी केन्द्रको देशै भरी एकै पटक पालिका स्तरीय अधिवेशन भएको थियो ।

उपाध्यक्षमा केदार कोइराला, कमल श्रेष्ठ, विवेक श्रेष्ठ, सचिवमा यम्बरबहादुर कटुवाल (वासु), सहसचिवमा मिना कोइराला, कोषाध्यक्षमा योगेन्द्र दनुवार चयन भएको नेकपा माओवादी केन्द्र उदयपुरले जनाएको छ ।

प्रकाशित मिति : November 28, 2021 at 6:52 pm