१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सुर्खेतमा भिरबाट खसेर महिलाको मृत्यु

१३ साउन,सुर्खेत । लेकबेसी नगरपालिका–६ सुर्खेतकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । शनिबार घाँस काट्न जाँदा हर्षबहादुर सुवालकी श्रीमती ३५ वर्षीया मोती सुवाल भिरबाट खसेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा नेपालगन्ज लैजाने क्रममा कोहलपुर पुग्दा बेलुका ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी दिनुभयो । शवपरीक्षणका लागि मेहलकुना अस्पताल सुर्खेतमा राखिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७५, आईतवार ०९:२०