१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

धादिङमा टिपरले किचेर सहचालकको मृत्यु

१२ साउन, धादिङ । धादिङबेंसी सल्यानटार सडकअन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं १० टारीबेंसीमा आज एउटा टिपर पछाडि हटाउन लाग्दा सहचालकको किचेर मृत्यु भएको छ ।

बा४ख ९९१६ नंको खाली टिपर पछाडि हटाउँदा सोही टिपरका सहचालक ज्वालामुखी गाउँपालिका वडा नं ७ निवासी १९ वर्षीय अतित अधिकारीको मृत्यु भएको हो । गाडीको ठक्करबाट घाइते अधिकारीको उपचारका लागि लाँदालाँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार २२:०५