१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

धादिङमा टिपरले किचेर सहचालकको मृत्यु

१२ साउन, धादिङ । धादिङबेंसी सल्यानटार सडकअन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं १० टारीबेंसीमा आज एउटा टिपर पछाडि हटाउन लाग्दा सहचालकको किचेर मृत्यु भएको छ ।

बा४ख ९९१६ नंको खाली टिपर पछाडि हटाउँदा सोही टिपरका सहचालक ज्वालामुखी गाउँपालिका वडा नं ७ निवासी १९ वर्षीय अतित अधिकारीको मृत्यु भएको हो । गाडीको ठक्करबाट घाइते अधिकारीको उपचारका लागि लाँदालाँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : 22:05