१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

लागुऔषधसहित चितवनका श्रीराज ढकाल पक्राउ

१२ साउन,काठमाडौँ । महानगरीय प्रहरी परिसरले अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले बूढानीलकण्ठ नगरपालिका–१० कपनबाट लागुऔषध झोलामा बोकेर हिँडिरहेको अवस्थामा चितवन घर भएका २८ वर्षीय श्रीराज ढकाललाई शुक्रबार राति पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले पक्राउ ढकालसँग ५१ एम्पुल नुर्फिन, ६४ एम्पुल फेनार्गन, ८५ एम्पुल डाइजेल्याव बरामद गरिएको जानकारी दिनुभयो । पक्राउ ढकाललाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरीवृत्त बौद्ध लगिएको थापाले बताउनुभयो ।

प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार २०:१९