२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमाले सचिवमा उम्मेद्वार बन्ने भानुभक्त ढकालकाे घाेषणा

१० मंसिर, चितवन ।  एमाले पाेलिटब्यूराे सदस्य भानुभक्त ढकालले सचिवमा उम्मेदवारी दिने घाेषणा गरेका छन । दशाैँ राष्ट्रिय महाधिवेशनस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व मन्त्री समेत रहेका ढकालले आफूले सचिव पदमा उम्मेदवारी दिने जानकारी दिए ।

उनले कार्यकर्ताकाे भावना सम्बाेधन गर्दै सचिवमा उम्मेदवारी दिने निर्णय लिएकाे बताए । नेता ढकालले सहमतिमै नेतृत्व चयन गर्दा पनि पार्टीको नेतृत्वले विवेक पुर्याउनेमा आफू विश्वस्त रहेकाे बताए ।
महाधिवेशनकाे स्वास्थ्य समितिकाे संयाेजक समेत रहेका ढकालले निर्वाचन जाँदा आफ्नाे उम्मेदवारी सचिवमा रहने बताए । ढकालले भने `मेराे मात्र हैन कार्यकर्ताकाे चाहना पनि म पार्टीको सचिव हाेस भन्ने छ । म सचिवका लागि याेग्य पनि छु । प्रतिनिधिले चितवनबाट फर्किदाँ एमालेकाे सचिवकाे रुपमा हेर्न चाहेका छन त्यसकारण म सचिवकाे उम्मेद्वार हुँ ।´

प्रकाशित मिति : November 26, 2021 at 10:14 am