२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

योगेश भट्टराईले फेरि एमाले सचिवमा उम्मेदवारी दिने

८ मंसिर, काठमाडाैँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमार्फत पुनः सचिवकै जिम्मेवारी सम्हाल्ने औपचारिक घोषणा गरेका छन् । भट्टराईले बुधवार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उम्मेदवारी घोषणा नभए पनि सचिवकै जिम्मेवारी सम्हाल्ने अपेक्षा गरेका हुन् ।

आफू भर्खरै चितवन आइपुगेको र देशभरबाट महाधिवेशन प्रतिनिधिहरू आउने क्रम सुरु भएको भन्दै उनले सबैसँग सल्लाह लिएर अघि बढ्ने जानकारी दिए । एमालेमा कार्यकारी भूमिका निर्वाह गर्न आफूसँग अझै १५ वर्ष बाँकी रहेकाले अहिले नै ठूलो पदमा पुग्ने आकांक्षा नराखेको उनको भनाइ थियो ।

उनले महाधिवेशनको उद्घाटन सत्रलाई भव्य बनाइने र चितवनका हरेक घरमा उद्घाटन सत्रमा सहभागिताका लागि निमन्त्रणा पठाइएको जानकारी समेत दिए ।

प्रकाशित मिति : November 24, 2021 at 2:56 pm