२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

अर्घाखाँचीमा पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित, देउवाका उम्मेदवारलाई सबैभन्दा कम भाेट

८ मंसिर, अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले कुल १ हजार ४ सय १८ मतमध्ये ७ सय ३१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी इन्द्रमणि पौडेलले ३ सय ५२ मतमै चित्त बुझाए । अर्का प्रत्यासी यादवप्रसाद घिमिरेले ३ सय ९ मत पाए । २७ मत बदर भएको छ ।

पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा शेरबहादुर देउवा पक्षीय घिमिरेले सबैभन्दा कम मत प्राप्त गरेका हुन् । देउवा पक्षका केन्द्रीय सदस्य पुष्पा भुसाल र मानबहादुर विश्वकर्माले घिमिरेलाई उम्मेदवार बनाएका थिए । श्रेष्ठलाई पौडेल पक्षका डा. रामबहादुर बिसीलगायतका नेताको समर्थन थियो ।

प्रकाशित मिति : November 24, 2021 at 11:05 am