एमाले सचिवमा महेश बस्नेतको औपचारिक घोषणा, पपुलर भोट ल्याएर जित्ने दावी
७ मंसिर, काठमाडाैँ । नेकपा एमालेको आगामी महाधिवेशनमा युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवारी घोषणा गर्दै नेता बस्नेतले सबैभन्दा धेरै भोट ल्याएर जित्ने दाबी समेत गरे । , ‘म आन्दोलनबाट खारिएर आएको नेता हुँ, देशभरिका एमाले कार्यकर्ताले मलाई माया गर्नुहुन्छ । पपुलर भोट ल्याएर जित्ने विश्वास छ,’ उनले भने ।

एमाले पार्टी युवामैत्री छ भन्ने सन्देश दिनका लागि समेत आफूले सचिवमा उम्मेदवारी दिएको बताए । अध्यक्षदेखि उपमहासचिवसम्मका पदहरू सम्मानित नेताहरूलाई छोडेर आफूले सचिव पदमा काम गर्न सकिने जिम्मेवारी रोजेको उनको भनाइ छ । प्यानलगत प्रतिस्पर्धा नभएकाले अध्यक्ष ओलीले कसैलाई पनि संकेत गर्ने वा आशीर्वाद दिने अवस्था नभएको उनको भनाइ छ ।
प्रकाशित मिति : November 23, 2021 at 2:26 pm









