२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमाले स्थायी कमिटी बैठक जारी, यस्ता छन् छलफलका पाँच एजेण्डा

७ मंसिर, काठमाडौँ । एमाले स्थायी कमिटी बैठक जारी रहेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेको हो ।एमालेले १०औं महाधिवेशनको पूर्वसन्ध्यामा महाधिवेशनसम्बन्धी विभिन्न निर्णय लिनुपर्ने भएको स्थायी कमिटी बैठक बोलाएको हो । सोमबार नै बैठक बोलाइए पनि मंगलबारका लागि सारिएको हो ।

 एमाले सचिव योगेश भट्टराईले बैठकमा पाँचवटा एजेन्डा रहेको बताएका छन् । उनका अनुसार आजको स्थायी कमिटी बैठकमा महाधिवेशन व्यवस्थापन, उदघाटन र बन्दसत्रका कार्यक्रम, प्रतिनिधि छनोटको अवस्था, महाधिवेशन प्रतिनिधि छनोट (५ प्रतिशत) र निर्वाचन आयोगका बारेमा छलफल हुनेछ ।

प्रकाशित मिति : November 23, 2021 at 1:40 pm