नेकपा एमालेकाे स्थायी कमिटी बैठक भोली बस्ने गरी स्थगित
६ मंसिर, काठमाडाैँ । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित छ । आज दिउँसो ३ बजेका लागि बालाइएकाे बैठक भोली बस्ने गरी स्थगित भएको हाे । एमालेको स्थायी कमिटी बैठक मंगलबार बिहान ११ बजे बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान ११ बजे तुल्सीलाल प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्नेछ ।
आजको बैठकले महाधिवेशनका लागि ५ प्रतिशत प्रतिनिधी मनोनयनको बारेमा छलफल सुरु गर्ने र महाधिवेशनको तयारीका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो ।

एमालेको विधानले ५ प्रतिशत महाधिवेशन प्रतिनिधी मनोनित हुने व्यवस्था गरेको छ । जस अनुसार करिब ९५ जना प्रतिनिधी स्थायी कमिटीले टुंगो लगाउने एक नेताले जानकारी दिए ।
प्रकाशित मिति : November 22, 2021 at 3:15 pm









