१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कञ्चनपुरमा १३ वर्षिय किशोरीको सामूहिक बलात्कारपछि हत्या ! प्रहरीको भूमिका शंकास्पद

१२ साउन, काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महुलिया उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । निर्मलालाई शुक्रबार बिहान निम्बुखेला खोलापारि उखु बारीमा मृत अवस्थामा फेला पारिएको थियो ।

बिहीबार दिउँसो साथी रोशनी बमको घरबाट गृहकार्य गरेर फर्किएकी निर्मलाको शुक्रबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ । निर्मला गाउँकै सरस्वती मावि कक्षा ९ मा अध्ययनरत रहेकी थिइन । स्थानीयले बलात्कारपछि घाँटी थिचेर निर्मलाको हत्या भएको हुन सक्ने आशंका गरेका छन । अर्धनग्न अवस्थामा शव फेला परेपछि सामूहिक बलात्कार गरी हत्या गरेको हुन सक्ने स्थानीयले बताएका छन ।

यता प्रहरीका भूमिका शंकास्पद देखिएको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई जना पक्राउ गरेको भए पनि प्रहरीले उनीहरुको पहिचान नखोली पक्राउको जानकारी नै दिएको छैन । यसैविषयमा पत्रकार खेम भण्डारीले फेसबुकमा स्टाटसलेखी प्रहरीको यस कदमको बिरोध जनाएका छन ।

प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार ०८:४४