१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँ र रजिष्ट्रार डिल्ली उप्रेती बर्खास्त हुने

१२ साउन, काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति डा तीर्थ खनियाँ र रजिष्ट्रार डिल्ली उप्रेती बर्खास्त गर्ने भएको छ । सरकारले चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाही गर्ने भएको हो ।

डा गोविन्द केसीसँग भएको सम्झौता अनुसार सरकारले उपकुलपति खनिया र रजिष्ट्रार उप्रेतीलाई बर्खास्त गर्ने तयारी गरेको हो । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले खनियाँ र उप्रेतीलाई तत्काल बर्खास्तको सिफारिस गरेको थियो ।

उक्त सिफारिस अनुसार कारबाही भए कानूनका डिन तारा सपाकोटालाई सर्वोच्चको फैसलाको गलत व्याख्या गरी सम्बन्धनको सिफारिस गरेको ठहरसहित त्रिभुवना विश्वविद्यालयको कार्यकारी परिषद् सदस्य र डिनबाट समेत हटाइने छ ।

प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार ०८:०७