२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

गोकुल बाँस्कोटाले एमालेको सचिव पदमा उम्मेदवारी दिने

६ मंसिर, काठमाडौँ । नेकपा एमालेको दशौँ महाधिवेशनमा प्रभावशाली युवा नेता गोकुल बाँस्कोटाले उम्मेदवारी दिने भएका छन । पार्टीको केन्द्रीय कमिटी सदस्य रहेका पूर्वमन्त्री बाँस्कोटाले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन । पार्टीको मुल नेतृत्वमा युवाहरूको सहभागितालागि जोड दिँदै आएका बाँस्कोटाले सचिवमा उम्मेदवारी दिने बताएपछि युवाहरू उत्साहित बनेका छन ।

दैनिकीसँग कुरा गर्दै नेता बाँस्कोटाले भने ‘म सचिव हुन योग्य छु ।’ युवाहरूको बीचमा लोकप्रिय बास्कोटा विकासप्रेमी नेताका रूपमा परिचित छन । संगठन विस्तार र कार्यकर्ता संरक्षणमा प्रखर मानिएका बास्कोटाले महाधिवेशनले सहमतिमा सर्वसम्मत नेतृत्व चयनको प्रायस जारी रहने पनि बताएका छन । उनले अध्यक्षमा केपी शर्मा ओली दोहोरिने कुरा सय प्रतिशत निश्चित रहेको पनि बताए । बाँस्कोटा ओलीका विश्वास पत्र समेत हुन ।

एमाले र त्यसमा पनि अध्यक्ष केपी शर्मा ओलीविरूद्धको घेराबन्दी तोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेका बाँस्कोटाले आफ्नो दाबी स्वभाविक भएको र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले विवेकको प्रयोग गर्ने विश्वास व्यक्त गरे ।

विगत करिब चार वर्षको बीचमा नेकपा एमाले, एमाले नेतृत्वको सरकार र केपी ओली माथिको घेराबन्दी र आक्रमणको प्रत्याक्रमणमा नेता बाँस्कोटाले अग्रणी भूमिका निर्वाह गरेका छन । सरकारमै रहँदा पनि ओलीमाथि भएको आक्रमणको प्रत्याक्रमणमा सरकारका मन्त्रीहरू माध्ये सबै भन्दा बढी बाँस्कोटा देखिएका थिए ।

प्रधानमन्त्री र सरकारको चर्को आलोचना हुँदासम्म धेरै मन्त्री चुँ पनि बोलेन बरू सरकारकै विरूद्धको षडयन्त्रमा सहभागी भए । तर बाँस्कोटाले आफ्नो कर्तव्य कहिल्यै भुलेन र सरकार र पार्टी नेतृत्वको रक्षाका निम्ति ढाल बनेर उभिए । सरकार र नेतृत्वको रक्षाका लागि बोल्ने कुरा र आक्रमणको विरूद्ध प्रत्याक्रमण गर्ने कुरामा बाँस्कोटालाई सरकारमा हुने केही फरक पारेन, उनी निरन्तर बिरोधीहरूसँग जुधिरहे ।

प्रकाशित मिति : November 22, 2021 at 9:50 am