२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

जसपा बैठक: सांसद प्रदीप यादवलाई कारबाही गर्ने कि नगर्ने भन्ने निर्णय हुँदै

५ मंसिर, काठमाडाैँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सरकारमा पार्टीको भूमिका, समसामयिक विषय र भावी रणनीतिबारे छलफल हुने कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

उनकाअनुसार पर्साबाट निर्वाचित सांसद प्रदीप यादवको स्पष्टीकरणको टुंगो पनि आजको बैठकले लगाउनेछ । यादवलाई मन्त्री नबनाएको भन्दै पर्सामा प्रदर्शन भएको थियो । उपेन्द्र यादव र जसपाको झण्डा नै जलाइएको थियो । यो सबै यादवले नै गराएको भन्दै पार्टीले उनलाई सात बुँदे स्पष्टीकरण सोधेको थियो ।

यादवले त्यसलाई अस्वीकार गर्दै जवाफ पठाइसकेका छन् । उनको जवाफमाथि छलफल गरेर कारवाही गर्न कि सफाई दिने भन्ने निर्णय केन्द्रीय कार्यकारिणी समितिले गर्नेछ ।

प्रकाशित मिति : November 21, 2021 at 9:40 am