२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

नेकपा एस प्रदेश-२ सरकारमा सहभागी हुँदै

४ मंसिर, जनकपुर । नेकपा एस प्रदेश-२ को सरकारमा सहभागी हुने भएको छ । एसले सरकारमा सहभागी भएर उद्योग वन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालयको नेतृत्व गर्ने तय भएको अध्यक्ष धर्मदेव साहले जानकारी दिए ।

वन तथा वातावरण मन्त्रालयमा शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयमा प्रमोद यादव र राज्यमन्त्रीमा नागेन्द्र साहलाई पठाउने सहमति भइसकेको पनि उनको भनाइ छ । भोलि नै नेकपा एसबाट सिफारिस भएका मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम रहेको नेकपा एसले जानकारी दिएको छ ।

प्रकाशित मिति : November 20, 2021 at 12:19 pm