३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

बैंकिङ कसुर मुद्दाका फरार लिम्बु पक्राउ

३ मंसिर, काठमाडाैँ । नेपाल प्रहरीले बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले बैङ्किङ कसुर मुद्दामा फरार ताप्लेजुङ फुङलिङ नगरपालिका–११ घर भई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ चपली बस्दै आएका ४६ वर्षीय आन्दीराम इजम लिम्बुलाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७६ मङ्सिर १० को फैसलापछि पाँच दिन कैद सजाय र बिगोबमोजिम रु ३० लाख जरिवना हुने फैसला गरेपछि फरार लिम्बुलाई आज भक्तपुरको नयाँठिमीबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका लिम्बुले आफ्नो सिद्धार्थ बैँक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्याउँदै चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार उक्त फैसला सुनाएको थियो ।

पक्राउ परेका लिम्बुलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार २३:१९