१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सुन चोर पशुपति रिमाल पक्राउ

११ साउन,काठमाडाैं ।  मध्यपुर थिमी नगरपालिका–६ गाँखुस्थित नविनकुमार बुढाथोकीको घरबाट सुन र नगद चोरी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरी सर्वाजनकि गरेको छ ।

दोलखा वैदेश्वर गाउँपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–१ दुवकोट बस्ने ४० वर्षीय पशुपति रिमाललाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

खानतलासीको क्रममा रिमालको कोठाबाट २ तोला ५१ लालको २ थान सुनको सिक्री, २ तोला २५ लालको सुनको मंगलसुत्र १ थान, १ तोला १६ लालको सुनको हातमा लगाउने बाला १ थान, सुनको १ तोलाको बेरुवा औंठी १ थान, १८ तोला चाँदीको टिकादानी १ थान र बिभिन्न कम्पनीका मोबाइलहरु ५ थान बरामद गरेको प्रनाउ पोखरेलले जानकारी दिनुभयो ।

उनमाथि चोरीका मुद्दा दर्ता गरी थप अनुसन्धानको कार्य भइरहेको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार १७:१५