१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

विदुर नगरपालिका तोडफोड गर्ने कार्यकर्ता पक्राउको बिरोधमा कांग्रेसले भोलि नुवाकोट बन्द गर्ने

११ साउन, काठमाडौँ । नेपाली कांग्रेस नुवाकोटले विदुर नगरपालिकाको कार्यालय तोडफोड गर्ने र प्रहरीमाथि आक्रमण गर्ने आफ्ना कार्यकर्ता प्रहरीले पक्राउ गरेको बिरोधमा भोलि जिल्ला बन्द गर्ने घोषणा गरेको छ ।

ज्ञापनपत्र बुझाउन जाने भनेर विदुर नगरपालिकामा कार्यकर्ताको हुललिएर प्रवेश गरेको कांग्रेस नेता कार्यकर्ताको टोलीले प्रहरी, कर्मचारीलाई आक्रमण गरी नगरपालिकाको कार्यालय तोडफोड गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त तोडफोडमा संलग्न नेपाली कांग्रेसका तीन कार्यकर्तालाई आजैमात्र पक्राउ गरेको थियो । प्रहरीले नगरपालिकाको कार्यलयमा तोडफोड गर्ने र प्रहरी माथि नै आक्रमण गर्ने नवराज सुवेदी, निराजन चित्रकार, उत्सव श्रेष्ठलाई पक्राउ गरेको नुवाकोट प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए ।

विदुर नगरपालिकाले लागू गरेको एकिकृत सम्पत्ति कर घटाउन माग गर्दै नेपाली कांग्रेसले नगरपालिका घेराउ र ज्ञापन पत्र बुझाउने नाममा तोडफोड र कुटपिटको काम गरेको नगरपालिकाका अधिकृत पुष्कर शर्मा रिमालले जानकारी दिए । बन्दको विषयमा जानकारी दिँदै नेपाली नेपाल विद्यार्थी संघका नेता निरन्जन थापाले अाफ्नो फेसबुक वालमा यस्तो स्टाटस लेखेका छन ।

 

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार १६:४२