१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

त्रिशूली बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो

११ साउन, चितवन । इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा भएको बस दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।

प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार मृत्यु हुनेमा चार पुरुष, दुई महिला र एक बालक रहेका छन् । पाँच जनाको घटनास्थलमा तथा दुई जनाको उपचारका लागि अस्पत्ताल लैजाँदा बाटोमै मृत्यु भएको हो ।

घाइतेमध्ये ११ जनाको चितवन, पाँचको पोखरा तथा एक जनाको धादिङमा उपचार भइरहेको छ । अहिले घट्नास्थलमा प्रहरीले उद्धार जारी राखेको छ । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि त्रिशूलीमा खसेको हो ।

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार १६:१८