ग्यास पाइप घर घरमा लगिदै
११ साउन,विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौ सेवा समितिद्वारा सञ्चालित गौशालाले घर घरमा ग्यास पु¥याउने उद्देश्यले योजना सञ्चालन गरेको छ ।
गाईवस्तुको गोबरबाट तयार हुने ग्यासलाई व्यक्तिको घर घरमा पु¥याउने समितिले योजना बनाएको छ । सो क्षेत्रका करीब ३०० घर परिवारलाई ग्यास उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको छ ।
उक्त योजना निर्माण गर्न विश्व बैंकको ८० प्रतिशत तथा समितिको २० प्रतिशत लगानी रहेको छ । रु ८४ लाखको लागतमा ३०० घनमिटरको टयाङ्की निर्माण गरेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका इञ्जिनियर ज्ञानेन्द्र सिंहले जानकारी दिनुभयो ।
गोबरग्यास योजना निर्माण गर्न विराटनगर महानगरपालिकाले रु पाँच उपलब्ध गराएको छ । प्रारम्भमा १०० घर परिवारलाई ग्यास उपलब्ध गराउने योजनाअनुरुप अहिले ३५ घरमा परीक्षण भइरहेको सिंहले बताउनुभयो । उक्त ग्यास एलपी ग्यासभन्दा प्रतिकिलो रु १० कम पर्ने बताइएको छ ।
स्थानीय उद्योगपति शंकर अग्रवालले सञ्चालन गर्नुभएको सो गौशालामा अहिले २०५ गाईवस्तु रहेका छन् ।
प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार १६:४८