१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

विदुर नगरपालिकाको कार्यालय तोडफोड गर्ने कांग्रेस कार्यकर्ता नवराज सुवेदीसहित तीन पक्राउ

११ साउन, नुवाकोट । प्रहरीले विदुर नगरपालिकाको तोडफोडमा संलग्न नेपाली कांग्रेसका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले नगरपालिकाको कार्यलयमा तोडफोड गर्ने र प्रहरी माथि नै आक्रमण गर्ने नवराज सुवेदी, निराजन चित्रकार, उत्सव श्रेष्ठलाई पक्राउ गरेको नुवाकोट प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए ।

विदुर नगरपालिकाले लागू गरेको एकिकृत सम्पत्ति कर घटाउन माग गर्दै नेपाली कांग्रेसले नगरपालिका घेराउका नाममा तोडफोड र कुटपिटको काम गरेको थियो ।

प्रहरीले पक्राउ गरेका सुवेदी रातोघेरामा ।

जिल्ला सभापति जगदिश्वरनरसिंह केसी, सांसद कल्पना नेपाली लगायतको उपस्थितिमा नगरपाकिालको कार्यालयमा तोडफोड गरिएको थियो । कांग्रेस कार्यकर्ताको आक्रमणमा तीन प्रहरी र एक कर्मचारी घाइते भएका थिए ।

 

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार १५:४९