२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

अर्घाखाँचीबाट १६ एमाले महाधिवेशन प्रतिनिधि छानिए

३ मंसिर, अर्घाखाँची । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाअधिवेशनका लागि अर्घाखाँचीबाट १६ जना प्रतिनिधि छानिएका छन् । १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि प्रतिनिधिको टुंगो लागेको हो । अर्घाखाँचीबाट खुलातर्फ  चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे,कुटमुद्दिन अलि, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी , काशिराम आचार्य र खगिश्वर पन्थी महाधिवेशन प्रतिनिधि बनेका छन् ।

महिलातर्फ जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी र बिष्णुमायाँ आचार्य रहेका छन्। दलिततर्फ भोजबहादुर गन्धर्व, लिलबहादुर विक र शिवकला विक महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।

प्रकाशित मिति : November 19, 2021 at 9:21 am