बाग्लुङबाट काे-काे बने एमाले महाधिवेशन प्रतिनिधि ?
३ मंसिर, बागलुङ । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाअधिवेशनका लागि बाग्लुङबाट प्रतिनिधि छानिएका छन् । १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि प्रतिनिधिको टुंगो लागेको हो । बाग्लुङबाट खुलातर्फ ईन्द्रलाल सापकोटा, सूर्यप्रसाद पाठक, जनकराज पौडेल, हिराबहादुर केसी, मोहनलाल शर्मा, सञ्जय शेरचन र तुल्सी अर्याल महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । महिलातर्फ साबित्रा राना, गीता शर्मा र यमुना राना तथा दलिततर्फ देवकुमार नेपाली र धनबहादुर परियार महाधिवेशन प्रतिनिधि बनेका छन् ।
प्रकाशित मिति : November 19, 2021 at 9:04 am









