२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमाले महाधिवेसनः जनजाति संघबाट पुरुषभन्दा महिलाको बढी प्रतिनिधित्व

२ मंसिर, काठमाडौँ । महाधिवेशन प्रतिनिधि चयनको अन्तिम चरणमा पुगेका नेकपा एमालेले जनवर्गीय संगठन र पेसागत संगठनबाट जाने प्रतिनिधि चयन प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको छ ।

आठ दिनपछि उद्घाटन हुने महाधिवेशनका लागि आदिवासी जनजाति महासंघ, नेपालले सर्वसम्मत रूपमा पाँच जना प्रतिनिधि चयन गरेको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार खुलातर्फवाट मीनाकुमारी गुरूङ, विजयसिंह लामा लोप्चन र पेम्बा गुरूङ भोटे चयन भएका छन भने महिलाकोटावाट कल्पना लिम्बू योङहाङ र ज्योति लामा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छानिएका छन् । एमाले महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ ।

प्रकाशित मिति : November 18, 2021 at 4:46 pm