७ असार २०८३, आइतबार | Sun Jun 21 2026

पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न पाँच काटुर्न वियर

११ साउन, काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने कार्यक्रममा सहयोगको माग गर्दा ५ कार्टुन वियर पाएका छन ।

पत्रकार महासंघको ४ नम्बर प्रदेश समितिले नवलपुरको गजेन्द्रमोक्षधाम त्रिवेणीमा असार १७ गते गरेको पत्रकारका लागि प्रदेशस्तरीय क्षमता अभिवृद्धि कार्यक्रममा उपाध्यक्ष नारायण शर्माले  कांग्रेस नेता विनाेद चाैधरीकाे सि जि आइ पी (चाैधरी ग्रुप) दुम्कौलीमा पत्राचार मार्फत सहयोगका लागि आग्रह गरेकोमा कम्पनीले टिप्पणी मार्फत ५ कार्टुन वियर सदर गरी निकासा गरेको हो ।

नेपाली कांग्रेसका महामन्त्री डा संशाक कोइरालाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको तयारीक्रममा गरिएको पत्राचारको पत्र बाहिरिएपछि अहिले सामाजिक सञ्जालमा माहासंघको यस कदमको तीव्र बिरोध भएको छ । कतिपयले बचाउको कोशिश त गरेका छन तर धेरैले पत्रकारले महासंघको लेटर प्याडमा रक्सी मागेर खानु गलत भएको भन्दै आलोचना गरिरहेका छन ।

प्रकाशित मिति : July 27, 2018 at 10:20 am