७ असार २०८३, आइतबार | Sun Jun 21 2026

युनाइटेड इन्स्योरेन्सको खुद नाफा १२ प्रतिशतले बढ्यो

२८ कात्तिक, काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा कम्पनीले एक करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ११ दशमलव ७० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले एक करोड छ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको खुद बिमा शुल्क पनि ६२ दशमलव ९६ प्रतिशतले बढेर २१ करोड ४० लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीले लगानी तथा अन्य आयबाट एक करोड ४५ लाख रुपैयाँ र पुनर्बिमा कमिशनबापत पाँच करोड नौ लाख रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीको चुक्ता पुँजी एक अर्ब दुई करोड रुपैयाँ छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको जगेडा कोषमा ११ करोड ७७ लाख रुपैयाँ, बिमा कोषमा ३३ करोड ८८ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा कम्पनीले ४० हजार २६८ वटा बिमा लेख जारी गरि ४४ करोड एक लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । कम्पनीले एक हजार ९३ वटा दाबी बापत १२ करोड २९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने तीन हजार ९५ वटा दाबी बापत ५५ करोड ९२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी एक रुपैयाँ १६ पैसा, प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ४१ पैसा रहेको छ।

प्रकाशित मिति : November 14, 2021 at 1:55 pm