२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

केपी ओली फेरि सर्वसम्मत अध्यक्ष हुनुहुन्छ: टोपबहादुर रायमाझी

२७ कात्तिक, काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफूहरुको १०औं महाधिवेशनमार्फत सर्वसम्मत रुपमा केपी शर्मा ओली अध्यक्षमा चयन हुने धारणा राखेका छन् ।

शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता रायमाझीले १०-१२ मंसिरमा चितवनमा सम्पन्न हुने राष्ट्रिय महाधिवेशनले ओलीलाई सर्वसम्मत फेरि अध्यक्ष चुन्ने बताए । ‘हामीले विधान महाधिवेशनमा विधान सर्वसम्मत पारित गर्‍यौ । अब नेतृत्व चयन गरिने हो ।

अब पार्टीमा नयाँ नेतृत्वको निर्माण गर्छौं । सायद, केपी शर्मा ओली सर्वसम्मत् अध्यक्ष हुनुहुन्छ । विधान अधिवेशनले पनि यो कुराको संकेत गरिसकेको छ,’ उनले भने । एमालेले आफ्नो आन्तरिक काम सम्पन्न गरिसकेको भन्दै उनले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा केन्द्रीत भएर अब संगठन विस्तारमा अघि बढ्ने बताए ।

प्रकाशित मिति : November 13, 2021 at 7:24 pm