एमाले फेदाप गाउँपालिका अध्यक्षमा रामप्रसाद तिम्सिना
-प्रकाश पाक्साँवा
२६ कात्तिक, तेह्रथुम । नेकपा (एमाले) फेदाप गाउँपालिका अध्यक्षमा रामप्रसाद तिम्सिना चयन भएका छन् । बिहीबार सम्पन्न पालिका अधिवेशनले तिम्सिनाकाे अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी चयन गरेको हाे ।

उपाध्यक्षमा फिरोज सुब्बा, सचिवमा विशाल खड्का र उपसचिवमा नवीनचन्द्र चोङबाङ चयन भएको एमाले जिल्ला कार्यालय सदस्य प्रेमराज फोम्बोले जानकारी दिए । एमालेले ९ कात्तिकमै पालिका अधिवेशन गर्ने घाेषणा गरेपनि बाढीपहिरोका कारण तेह्रेथुममा अधिवेशन हुन सकेकाे थिएन ।
प्रकाशित मिति : November 12, 2021 at 11:53 am










