नेकपा (एस)को स्थायी समिति शुक्रबार बस्ने
२५ कात्तिक, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी समिति बैठक शुक्रबार बस्ने भएको छ । भोलि दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने स्थायी कमिटीको आठौं बैठकले २७-२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकालाई जिम्मेवारी र भूमिका दिन निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्नेछ ।
प्रकाशित मिति : November 11, 2021 at 6:56 pm










