१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

रसुवा पहिराे अपडेटः ४ जनाको मृत्यु, ११ जना बेपत्ता

१० साउन, रसुवा । रसुवामा अविरल वर्षापछि अाएकाे पहिरोले टिमुरेमा रहेकाे प्रहरी पोस्ट र होटल पुरिँदा ४ जनाकाे ज्यान गएकाे छ । ११ जना बेपत्ता भएका छन् भने ४ जना घाइते भएका छन् । पहिराेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो ।


रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्टसँगै आसपासका घर तथा हाेटल पुरिँदा ४ जनाकाे मृत्यु भएकाे र ११ जना भएकाे बेपत्ता भएकाे जानकारी दिएका छन् ।

पहिराेमा ज्यान गुमाएका र हराइरहेकाहरूकाे पहिचना खुलेकाे छैन । बजार क्षेत्र भएकाले स्थानीयका अलावा यात्रु, यातायात व्यवसायीको मृत्यु भएको हनुसक्ने पौडेलकाे बताए ।

प्रकाशित मिति : १० श्रावण २०७५, बिहीबार ०८:३२