१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

राजविराज दुर्घटनामा पत्रकारको मृत्यु

९ साउन,राजविराज । राजविराज–भारदह सडक खण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा आज बस र माइक्रोबस ठोक्किँदा राजविराज नगरपालिका–६ बस्ने ४५ वर्र्षीय पत्रकार रामप्रसाद खतिवडाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

विराटनगरबाट राजविराज आउँदै गरेको को१ज २१४९ नंको माइक्रोबस विपरीत दिशाबाट आउँदै गरेको ना५ख ६१० नंको बससँग ठोकिँदा सो दुर्घटना भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताउनुभयो ।

घाइतेलाई विराटनगरस्थित न्यूरो अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परेका दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७५, बुधबार १९:२७