१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

त्रिभुवन विमानस्थलबाट साँढे ३ किलो सुनसहित दुई जना थाई नागरिक पक्राउ

९ साउन, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो सुनसहित २ जना थार्इ नागरिक पक्राउ परेका छन् ।

 मंगलबार साढे ३ किलो सुनसहित पक्राउ पर्नेमा राहदानी नम्बर एबी १३७३७९८ भएका जुथामस जाक्पारिंकक्याकूल र राहदानी नम्बर एबी १९९९५०३ बोकेका प्रियानुम होक्छाई रहेका छन् ।

विमानस्थल प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुले सुनकै घडीको कभर, माला, बेल्टको बक्कल, चाबी लगायत बनाएर तस्करी गर्न खाेजेका थिए । तर, विशेष सुराकीको आधारमा उनीहरु पक्राउ परे । उनीहरुलाई थप कारबाहीका लागि विमानस्थलको भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७५, बुधबार १८:५५