१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

भारतबाट १६ नेपाली चेलीकाे उद्धार, महिला तस्करी गरी कुवेत र इराकमा लैजाने दलालकाे सपना अधुरै

९ साउन, काठमाडाैँ । भारतको राजधानी दिल्लीबाट १६ नेपाली चेलीकाे उद्धार गरिएको छ । गएराति दिल्ली महिला आयोगले छापा मारेर ती नेपाली महिलाको उद्धार गरेको हो ।

उनीहरूलाई दलालले दिल्लीको बाटो हुँदै कुवेत र इराक पठाउन लाग्दा दिल्ली महिला आयोगले उद्धार गरेको हो । मंगलवार राति १ः३० बजे छापा मारेर उनीहरूको उद्धार गरिएको हो । महिला तस्करमा संलग्न दलालहरूले उनीहरूलाई फकाइ–फुलाइ भारत पुर्‍याएको बुझिएको छ ।

भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार दलालहरूले नेपाली महिलाको राहदानी  खोसेर आफूसँगै राखेका थिए । १६ जनालाई एउटा सानो कोठामा राखिएको थियो ।

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालीवालको नेतृत्वमा खटिएको टोलीले नेपाली महिलाको उद्धार गरेको हो ।

प्रकाशित मिति : ९ श्रावण २०७५, बुधबार १३:३५