५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

यू-२३ फुटबल : सान्त्वना जितको खोजीमा नेपाल


१४ कात्तिक, काठमाडौँ । एएफसी यु-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज आइतबार लेबनानसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगिताको तेस्रो खेलमा नेपालले लेबनानसँग प्रतिस्पर्धा गर्न लागेको हो । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल अपराह्न पाैने ५ बजे सुरु हुनेछ । नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको लडाईँ मात्र हुनेछ । दुबै टोली अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

लेबनानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । नेपाल जित निकाल्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ । लेबनान पनि नेपाललाई हराउदै छनोटको सुखद अन्त्य गर्न चाहन्छ ।

छनोटको समूह ‘बी’ मा इराक र ताजकिस्तान बिजेताको दौडमा रहेका छन् । इरान र ताजकिस्तानको समान २ खेलबाट ६ अंक रहेको छ । नेपाल र लेबनान भने अंक बिहिन छन् । समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् ।

नेपाल आफ्नो पहिलो खेलमा इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६-० गोल अन्तरले स्तब्ध भएको थियो

प्रकाशित मिति : १४ कार्तिक २०७८, आईतवार ०७:४९