२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एमाले पञ्चकन्या गाउँपालिका कमिटीको अध्यक्षमा खनाल र सचिवमा गाैतम चयन

१४ कात्तिक, नुवाकाेट । नेकपा एमाले पञ्चकन्या गाउँपालिका कमिटीको अध्यक्षमा रामनाथ खनाल निर्वाचित भएका छन । शनिबार सम्पन्न गाउँपालिकाकाे प्रथम अधिवेशनले अध्यक्षमा खनाल र सचिवमा शिवराम गाैतमलाई चयन गरेकाे हाे । ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएकाे अध्यक्ष खनालले जानकारी दिए ।

साेही अधिवेशनबाट राष्ट्रिय युवा संघ नेपालकाे गाउँ कमिटी पनि गठन भएकाे छ । कमिटीको अध्यक्षमा सन्जिव तामाङ र सचिवमा भुवन थापा चयन भएका छन ।

प्रकाशित मिति : October 31, 2021 at 7:18 am