५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

ए डिभिजन लिगको उद्घाटनमा फ्रेण्ड्स र सातदोबाटो भिड्ने


१२ कात्तिक, काठमाडौँ । आगामी २९ कात्तिकदेखि सुरू हुने ए डिभिजन लिगको उद्घाटन खेल फ्रेण्डस क्लब र सातदोबाटो युथ क्लबबीच हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज सार्वजनिक गरेको तालिका अनुसार लिगको उद्घाटन खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ । लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

सिंगल राउन्ड रोबिनको आधारमा हुने लिगमा ९१ खेल खेलाइने छ । एन्फाले अन्तिम चार राउन्डका खेल हप्तामा दुई दिन मात्रै खेलाउने निर्णय गरेको छ । एक दिन चार खेल हुँदा अर्को दिन तीन खेल मात्रै हुनेछ । साविक विजेता मच्छिन्द्रले भने एनआरटीसँग खेल्दै लिगको सुरुवात गर्नेछ ।

एन्फाले दशरथ रंगशाला र एन्फा मैदानमा सुरुवाती चरणका खेल खेलाउने छ । अन्तिम चरणका खेलहरू च्यासल मैदानमा खेलाउने निर्णय भएको लिग निर्देशक संजीव मिश्रले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार १५:२५