११ जेष्ठ २०८१, शुक्रबार | Sat May 25 2024

रुबिना क्षेत्रीको कप्तानीमा राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट


१० कात्तिक, काठमाडाैँ । रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले बुधबार मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा रहेको टोलीमा क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपालले आईसीसी महिला टी- ट्वान्टी विश्वकपको एसियाली छनोट खेल्नेछ । प्रशिक्षक टमाटाले २४ जना खेलाडीबाट अन्तिम १४ जना खेलाडीको नाम सार्वजनिक गरेका हुन् । यूएईमा आयोजना हुने एसियाली छनोट आगामी नोभम्बरमा हुनेछ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार २०:३७